उर्लाबारी । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ४ ठूलो ढाँडे युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिता विवादमा परेको छ ।
मिक्लाजुङ–५ को खोलिटारमा लेटाङ–९ बाह्रगोठेको बी.वाई.सी. र मिक्लाजुङ–५,गुप्ती खोलिटार, धानखेती एफ.सी. बीचको भएको फाइनल खेल निर्धारित समयमा १÷१ गोल भएको थियो । त्यसपछि भएको ट्राइब्रेकरको क्रममा विवाद उत्पत्न भएको छ । टाइब्रेकरको क्रममा बी.वाई.सी.का गोलकिपर समिर क्षेत्रीलाई खोलिटारले हात हालेका थिए । त्यसपछि दुबै पक्षबीच विवाद सिर्जना भएको थियो । सोही क्रममा आयोजक ठूलो ढाँडे युवा क्लबले दुबै पक्षलाई पुरस्कार नदिई खेल समापन गरेको छ । दुबै टिमलाई अयोग्य घोषित गर्दै पुरस्कार नदिएपछि आयोजकमाथि प्रश्न खडा भएको छ । मिक्लाजुङ वडा नं. ४ को कार्यालयलको मुख्य सहयोगमा खेलाइएको सो प्रतियोगिताको विजेतालाई २० हजार र उपविजेतालाई १० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले बताएको थियो । तर, दुबै टिमलाई पुरस्कार नदिनु अन्याय भएको भन्दै लेटाङ–९ बाह्रगोठेको बी.वाई.सी. ले विरोध जनाएको छ । यस विषयमा आयोजकसँग सम्पर्क गर्न प्रयास गरेपनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय