उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती आज २ वटा कार्यक्रममा सहभागी हुनुहुँदैछ ।
झापाको कमल गाउँपालिका र मोरङको उर्लाबारीको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कमलमा विहान ११ बजे र उर्लाबारीमा दिउँसो १ बजे सहभागी हुने कार्यक्रम रहेको छ । नेपाल आदिबासी जनजाति महासंघले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसमा मन्त्री किराती सहभागी हुनुहुनेछ । धरानमा बेलुका ५ बजे भेटघाट कार्यक्रममा सहभागी हुने बताइएको छ ।























