मोरङ क्षेत्र नम्बर–३बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउबारे प्रतिनिधिसभाका सभामुखलाई जानकारी गराइएको छ।

सांसद शर्माको पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयलाई जानकारी गराउँदै सभामुखलाई पत्र लेखेको हो।

बिहीबार दिउँसो आफ्नै निवासबाट शर्मालाई सीआईबीले पक्राउ गरेको थियो। शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय