दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले दीर्घकालीन सोच ः स्वच्छ , समृद्धि र समतामूलक उर्लाबारीको नारासहित अघि बढिरहेको छ । तर, यी नारालाई गिज्याउँदैं नगरमा पार्किङको समस्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।
सहरी क्षेत्रको सौन्दर्य नै कुरुप हुने गरी जथाभावी रुपमा सवारी साधनहरु पार्किङ हुने गरेको छ । उर्लाबारी–मधुमल्ला रोड, बरगाछी लाइनदेखि लिएर मुख्य चौकहरुमा समेत पार्किङ देख्न सकिन्छ । ब्यापारीहरु, नीजि तथा सरकारी कार्यालयका कर्मचारीहरु, बजार आएका आम साधारण नागरिकहरु देखि लिएर बाहिरबाट आउने नागरिकले समेत आफ्ना सवारी साधनहरु सडक ढाक्ने गरी मनोमर्जी तरिकाले राख्ने गरेको पाइन्छ । त्यसो त नो पार्किङ लेखिएका स्थलहरुकै अगाडि नीति नियमलाई चुनौती दिँदै जबर्जस्ती पार्किङ गर्नेहरुको समूह पनि भेट्न सकिन्छ ।
त्यसरी पार्किङ हुने सवारी साधनहरुमा मोटरसाइकल , कार , भेन जिप , साइकल , अटो सिटि सफारी, ट्रक, बसजस्ता साधनहरु हुन्छन् । उक्त समस्या हिजो आजको मात्र होइन बर्षौ अगाडि देखि जस्ताको त्यस्तै रहेको छ । स्थानीय पुजन धिमालले पार्किङको समस्या न्यूनीकरण गर्नका लागि बजार क्षेत्रमा खुल्ला ठाउँहरुको अभाव भएको तर भएका स्थानहरुको उपयोग गर्न सम्बन्धित निकायहरुले चासो नदिएको गुनासो गर्नु भएको छ ।
उर्लाबारीका ट्राफिक प्रहरी सहायक निरीक्षक किशोर निरौलाले उक्त समस्या सावधानका निम्ति स्थानीय सरकारसँग पटक पटक सहकार्य गर्दै आएको बताउनुभएको छ । निरौलाले अनुसार व्यवसायीहरुले सामान लोड अनलोड गर्न प्रयोग गर्ने सवारी साधनहरुलाई केही समय छुट दिइएको छ । नो पार्किङ स्थलमा पार्किङ हुने साधनहरुलाई जरिवानासहित विभिन्न सचेतता मुलक कार्यक्रमहरु गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । ट्राफिकबाट हुने पहल र निभाउने भूमिकामा कुनै कसुर नछोडेको समेत उहाँले बताउनुभयो ।
निकै जनगुनासोसहित चासोको बिषय रहेको पार्किङको समस्या सावधानका लागि उर्लाबारीका मेयर गंगा खरेलले अब्यवस्थित पार्किङ हटाउन नगर प्रहरीहरुसमेत खटाइएको बताउनुभयो । साथै निर्माणधिन बस पार्कको कार्यलाई छिट्टै समापन गरी पार्किङको समस्या न्यूनीकरण गर्ने उहाँको भनाई छ । मेयर खरेलका अनुसार दीर्घकालीन सावधानका निम्ति ट्राफिक प्रहरीसँग समन्वय भइ रहेको नीति नियम कानुन अनुरुप सावधान गर्नका लागि स्थानिय सरकार लागि परिरहेको छ । करिब एक महिनापछि उर्लाबारी बजार क्षेत्रको सडकहरुलाई भत्काएर पुननिर्माण गर्न लागिएको उहाँले बताउनुभयो । पुनर्निर्माण हुँदा पार्किङको समस्यालाई समेटेर उचित व्यवस्थापन गर्न पहल गरिने उहाँको भनाई छ ।























