दिपेन्द्रबहादुर बराईली\ विकास निरौला
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबका कारण भ्रष्टचारको फायल खुलेको दाबी गर्नुभएको छ ।
आज झापाको दमकको कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको उहाँले बताउनुभयो ।
उहाँले २०८४ सालमा हुने आम निर्वाचनमा जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताउनुभयो । रास्वपाको उदयबाट आत्तिएकाहरुले रास्वपाको आलोचना, टीकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ । उहाँले पुराना राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो । पुराना दलहरुप्रति निकै आक्रामक हुनुभएको उहाँले नेतालाई सम्पत्ति जोड्न र सुविधासम्पन्न मात्र बनाउन अहिलेसम्म राजनीति भइरहेको टिप्पणी गर्दै उनीहरु नसुध्रिने बताउनुभयो ।
रास्वपाका अध्यक्ष लामिछाने संगठन विस्तार अभियान लिएर महामन्त्री मुकुल ढकाल, सांसद् सन्तोष परियार, निशा डाँगी, मनिष झा, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका नेताहरुले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय