दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । पूर्व पश्चिम राजमार्गको उर्लाबारी–पथरी सडक खण्डको मंगलबारेमा सवारी दुर्घटनामा परी एक मोटरसाईकल चालकको मृत्यु भएपछि शनिबार दिनभर उर्लाबारी तनाबग्रस्त बन्यो ।
पश्चिमबाट पूर्व गइरहेकोे मे १ ख २४२३ नम्बरको बसले रोड किनारमा यात्रु चढाउन एक्कासी बे्रक लगाउँदा सोही दिशाबाट आईरहेको को १३ प ६१३० नम्बरको मोटरसाइकल बसको पछाडीको भागमा एक्कासी ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा ठक्कर लागेर गम्भिर घाईते भएका झापाको कमल गाउपालिका–३ का गोपालप्रसाद पौडेललाई तत्काल उद्धार गरी उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगेतापनि उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका पौडेलका आफन्त र स्थानियले शनिवार विहान देखी पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विहानैदेखि दिउँसो ४ बजेसम्म सडक अबरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको थियो । मृतकको परिवारलाई उचित राहतको क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गर्न उर्लाबारी आईपुगेका मृतकका आफन्त र प्रहरीबीच आईतबार मेची बस यातायात संघका पदाधिकारीसँग छलफल गर्ने सहमति भएपछि सडक अवरोध हटेको थियो । सहमतिपछि
मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय