उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मुक्तिप्रकाश न्यौपाले र नेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति तिर्थ घिमिरे (अरविन) माथि हातपात गर्नेलाई कार्वाही गर्न नेविसंघ उर्लाबारीले माग गरेको छ ।
आज विहान क्याम्पसको मुख्य गेटमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष तथा स्ववियू उर्लाबारी बहुमुखी क्याम्पसका सदस्य गौतम तामाङ, उज्वल फोम्बो लिम्बूसहितको समूहले सांघातिक हमला, हातपात र अभद्र व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ उर्लाबारीले कानुनी कार्वाही गर्न माग गरेको हो । संघका कार्यवहाक सभापति भूपेन्द्र काफ्ले र सचिब कृतिका कार्कीले विज्ञप्ति जारी गर्दै दोषीलाई चाँडो भन्दो चाँडो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय