उर्लाबारी । कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गर्नुभएको छ ।
उहाँले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गर्नुभएको हो । ‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धन दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु ।’
मुख्यमन्त्री थापाले नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता र संवाद मार्फत द्वन्द्व मेटाउँदै जाने बताउनुभयो । प्रदेशसभाको बैठक नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले सञ्चालन गर्नुभएको छ ।























