उर्लाबारी। उर्लाबारी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनु भएको छ । कोशी प्रदेश अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सरुवा भएर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्जुन निरौला आउनु भएको हो ।

आज उर्लाबारी नगरपालिकामा हाजिर हुनुभएका प्रशासकिय अधिकृत निरौलालाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेललगायतले स्वागत गर्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत निरौलाले उर्लाबारीको विकाश र समृद्धिमा आफु दत्तचित्त भएर प्रशासनिक क्षेत्रबाट लागिपर्ने बताउनुभएको छ । उहाँले उर्लाबारीको शिर ननिहुरिने गरि कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा सरुवा भएको छ । अधिकारी उर्लाबारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहँदा कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट नगरपालिका समेत घोषित भएको थियो । उर्लाबारीको विकाश र समृद्धिमा अधिकृत अधिकारीले प्रशासनिक क्षेत्रबाट गरेका कामको प्रशंसा समेत हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय