उर्लाबारी । मोरङको उर्लाबारी चौकमा रहेको मोबाइल वल्र्डमा करिब १० लाख बराबरको मोबाइल चोरी भएको छ ।
मंगलबार विहानको राति १ः४५ बजे पसलको सटर फोडेर करिब १० लाख बराबरको विभिन्न ब्राण्डका मोबाइल चोरी गरिएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारी नजिकै रहेको सो पसलमा चोरी गर्ने ३ जनालाई पक्राउ परी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पसलका सञ्चालक योगराज कार्कीले कति मोबाइल चोरी भएको भन्ने यकिन भइनसकेपनि १० लाख भन्दा बढीको मोबाइल चोरी भएको पाइएको बताउनुभयो । ‘धेरै मोबाइलहरु चोरी भएको छ, केही भेटिएको पनि जानकारी पाएका छौं’ उहाँले भन्नुभयो–‘२ जना बालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।’























