उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मुक्तिप्रकाश न्यौपाले र नेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति तिर्थ घिमिरे (अरविन) माथि सांघातिक हमला गर्नेलाई कार्वाही गर्न नेपाली कांग्रेस उर्लाबारीले माग गरेको छ ।
नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूले विज्ञप्ति जारी गर्दै सांघातिक हमला गर्ने उर्लाबारी वडा नं. ४ का गौतमबुद्ध तामाङलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको हो । भदौ ३ गते क्याम्पसको मुख्य गेट अगाडि नै भएको यस्ता घटनाप्रति कांग्रेसको गम्भिर ध्यनाकर्षण भएको जनाउँदै दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेको छ । त्यस्तै, नेपाल तरुण दल उर्लाबारीले पनि दोषीलाई कार्वाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । कार्यवहाक सभापति बिक्रम चापागाई र सचिब सुरेन्द्र शर्माले विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।























