उर्लाबारी । नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान प्रान्तीय समितिले केही समय देखि नेपालको ऐतिहासिक नगरी धरानमा धार्मिक सांस्कृतिक बिबाद चर्किरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
गौपुजा गर्ने समुदायको भावना माथि ठेस पुगेको घटनालाई राजनीतिक अस्थिरता चाहानेहरुले धार्मिक रङ्ग दिएर धार्मिक सद्भाव भड्काउने कुचेष्टा गरेको प्रति ध्यानाकर्षण भएको जनाएको हो । हिन्दु धार्मिक राज्यबाट धर्मनिरपेक्ष राज्यमा रुपान्तरित भएको १७ बर्ष र नयाँ संविधान आएको ८ बर्ष बितिसक्दा समेत धर्मनिरपेक्ष राज्य कार्यान्वयन गरि सर्बधर्म समभावको वातावरण सिर्जना नगरेको कारण सामाजिक द्वन्द सिर्जना भएको पार्टीले ठहर गरेको छ । कोशी खारेजी र पहिचानको आन्दोलन परिणाममुखि एकीकृत र निर्णायक आन्दोलनको तयारी भइरहेको अबस्थामा पहिचान बिरोधी अतिबादीहरुको योजनामा रैथाने आदिबासीहरुको ऐतिहासिक धरान नगरीलाइ युद्ध मैदान बनाउने गम्भीर षडयन्त्र भएको जानकारीमा आएकोले सामाजिक द्वन्दलाइ समन्वय र सदभाबमा बदल्न सरोकारवालाहरुमा अपिल गरेको छ । साथै राज्यकै कारण द्वन्द्धको बिजारोपण भएकोले भाद्र ९ गते हुन सक्ने द्वन्द रोक्न सबै खाले उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय