उर्लाबारी । मोरङ क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु डेँगु संक्रमित हुनुभएको छ ।
शनिबार बिहान करिव ७ः१५ बजे चक्चर लागेपछि मन्त्री लिम्बुलाई काठमाडौस्थित वीर अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । शुक्रबार साँझदेखी मन्त्री लिम्बुको शरिरमा डेँगुको लक्षण स्वरुप ज्वरो आएको थियो । लिम्बुको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उहाँको रगतमा प्लेटलेट्स र आर.बि.सी.को मात्रा सामान्य रहेको बताईएको छ ।























