उर्लाबारी, उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजना डाक्टरको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत उर्लाबारी-४ ऊ सत्यसाई पेट्रोलपम्प छेउमा टिपरकाे ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. निरज यादवकाे मृत्युु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ४२४१ नम्बरको माेटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३-००१ क ००९५ नम्बरको टिपर जुध्दा माेटरसाइकलमा सवार यादव घाइते भएका थिए । उनकाे उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।























