टिका सिम्खडा
उर्लाबारी । पछिल्लो समय फजुल खर्च गरेर जन्मदिन मनाउने भन्दापनि समाज सेवामा खर्च गर्नेहरु बढ्दै गएका छन् । यसै मध्येका एक पात्र हुन्, अस्मिता वाइबा । उहाँले आफ्नो जन्मदिन उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकासँग खुशी साटेर मनाउनु भएको छ ।
केक काटेर बालबालिकासँग खुशी साटेर उहाँको जन्मदिन मनाइएको छ । उहाँले बालबालिकालाई विहानको खानासमेत खुवाउनुभयो । बालबालिकाहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । उर्लाबारी निवासी वाइबा हाल हङकङमा रहनु भएको छ । वाइबाले निरन्तर रुपमा नमूना बाल गृहलगायत विभिन्न सामाजिक कार्यमा साथ र सहयोग गर्दैे आउनुभएको छ । हङकङमा रहेपनि उहाँले झापा र मोरङका विभिन्न स्थानमा रहेका अशक्त, बिरामी तथा सामाजिक काममा साथ र सहयोग गर्दै आउनुभएको छ ।
जन्म दिन फजुल खर्च गरेर मनाउनु भन्दा सामाजिक सेवामा खर्चनु सकारात्मक भएको सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष सरोज बस्नेतले बताउनुभयो । बाल गृहमा ७२ जना बालबालिकाहरु आश्रित रहेका छन् ।























