उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको अध्यक्षमा कुमार खड्का निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनबाट खड्का निर्वाचित हुनुभएको हो । खड्काले २१ मत पाउनु भयो भने घनश्याम भण्डारीले १७ मत पाउनुभयो भने अर्का अध्यक्षका उम्मेद्वार विजय धिमालले १ मत पाउनुभयो । महासचिबमा तिलक नेपालीले २३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्द्धी प्रेम केडी भट्टराईले १६ मत पाउनुभयो ।
उपाध्यक्षमा सुमन घिमिरे, सचिबमा अर्जुन राई, कोषाध्यक्षमा इश्वर दुलाल, सदस्यमा रेनुकादेवी निरौला र खड्ग बेदना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।























