नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले ‘जनतासँग माओवादी: विषेश रुपान्तरण अभियान’ अन्तरगत सरसफाई, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
मोरङको उर्लाबारीमा नेकपा माओवादी नगर कमिटीले रक्तदान कार्यक्रम गरेको छ । जसमा २९ प्रिन्ट रगत संकलन भएको छ । त्यस्तै, वडा नं. ६ ले पनि रक्तदान कार्यक्रम गरेको छ । जसमा ३५ प्रिन्ट रगत संकलन भएको नगर सह–सचिब दिपक आले मगरले जानकारी दिनुभयो ।
त्यस्तै, वडा नं. १, ४,७ र ८ मा अन्तरक्रिया र सरसफाई कार्यक्रम गरिएको छ । उर्लाबारी–२, ३, ५ र ९ मा पनि अन्तरक्रियालगायतका कार्यक्रम हुनेछ ।
‘जनतासँग माओवादी ः विषेश रुपान्तरण अभियान’ तीन महिनासम्म चल्ने छ । तीन महिनासम्म श्रमदान, शहीद परिवारलाई सम्मान र विकास निर्माणका काममा माओवादी नेता कार्यकर्ताहरु सहभागी हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम उर्लाबारीमा खटिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय