उर्लाबारी-३ मंगलबारेस्थित सिमल डाँडाबाट ४ जना युवाहरु प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् । घर भाडामा लिई बसोबास गर्दै आएका जिवन विश्वकर्माको कोठामा सोमबार विहान करिव ८ बजे ३ सय ९० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) को बिक्रिवितरण गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।
पक्राउ पर्नेमा स्थायी ठेगाना ईटहरी-१९ तरहरा भई हाल मंगलबारेमा बसोबास गर्दै आएका २४ वर्षिय जिवन विश्वकर्मा, पथरीशनिश्चरे वडा नम्बर १ का युवाहरु क्रमश: ४० वर्षिय सन्जय सहनी, २९ वर्षिय मिथुन मण्डल र २५ वर्षिय रामकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङ्का प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।
विश्वकर्माको कोठामा प्रतिबन्धित लागुऔषध खरिदबिक्री हुदै गरेको भन्ने गोप्य सुचना पाएलगत्तै खानतलासी गर्न पुगेको उर्लाबारी प्रहरीको टोलीले बिश्वकर्मा सुत्ने खाटको सिरानीमुनी कागजमा बेरिएर राखिएको अवस्थामा १४ पुरिया खैरो हिरोईन फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई हिरासतमा राखिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय