तीज पर्व सबै महिलाको साझा पर्व भएको सरोकारवालाहरुले बताउनुभएको छ । उर्लाबारी उद्योग बाणिज्य संघ उर्लाबारीले आज तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सहभागीहरुले सो कुरा बताउनुभएको हो । उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी पौडेलले तीज पर्व सबै महिलाहरुको साझा पर्वको रुपमा रुपान्तरण हुँदै गएको बताउनुभयो । चाडपर्वलाई मौलिक रुपमै मनाउन सकिए परम्परा मात्र होइन, मौलिकताको संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाई छ ।
महिला नेतृ तथा नेपाली कांग्रेस मोरङकी सल्लाहकार सीता कार्कीले भडकिलो रुपमा तीज मनाउन नहुने तर्क राख्नुभयो । सबै महिलाबीच सद्भाव र एकता कायम गर्दै तीज मनाउनु पर्ने धारणा राख्नुभयो । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, पूर्वअध्यक्ष प्रितम खड्गीलगायतले बोल्दै तीजनलाई भड्किलो र देखासिखी गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाभित्र रहेर ब्यापार ब्यवसाय गरिरहनुभएका महिला उद्यमी, उद्योगी। व्यवसायीको उल्लेखिय सहभागिता रहेको थियो । सामुहित दर र नाचगान गर्दै महिलाहरु रमाउनुभएको थियो । सबै जातजातिका महिलाहरुको सहभागितामा भएको उक्त कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक निर्मला चौहान (निरु) को सभापतित्व एबं संघका महासचिब हेमराज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय