दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारीमा निजामती सेवा दिवस २०८० को अवसरमा सरसफाई गरिएको छ । शुक्रबार उर्लाबारी नगरपालिकाले उर्लाबारी चौकमा सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडाध्यक्षहरु, प्रहरी, विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीयलगायतको उपस्थिति रहेको थियो । उर्लाबारी चौकमा रहेको फोहोर संकलन गर्नुको साथै झारपातसमेत उखेलिएको छ । उर्लाबारी नगरलाई सफा र स्वथ्य नगर बनाउन सबै नागरिक जिम्मेवार रहनु पर्ने सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।























