उर्लाबारी । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङवाले राजनीतिक अस्थिरता नै कोशीको विकासमा वाधक बनेको बताउनुभयो । अस्थिर राजनीतिले कोशी प्रदेशमा विकासको रफ्तार कम भएको उहाँको भनाई छ ।
‘अस्थिर राजनीतिले हाम्रो समाजको, हाम्रो क्षेत्रको र हाम्रो प्रदेशको विकास हुन सक्दैन’, शुक्रबार मोरङको उर्लाबारी–७ स्थित नमुना बाल गृह अनाथ आश्रममा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । ‘हाम्रो क्षेत्र र प्रदेशको विकास जुन रफ्तारमा गइराख्नुपर्ने हो, त्यो रफ्तारमा जान सकेको छैन’, उहाँले भन्नुभयो ‘यी सबै राजनीतिक अस्थिरताले गर्दाखेरी हो ।’
देश विकासको मुख्य कढी राजनीतिक स्थायीत्व भएको प्रष्ट पार्दै उहाँले आफू कोशी प्रदेश सभा सदस्य भएको हैसियतले राजीतिक स्थायीत्व र स्थायी सरकार गठनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ, महिला नेतृ गीता खतिवडालगायतले बोल्नुभएको थियो । बाल गृहकी अध्यक्ष मिना बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बालबालिकाहरुसहित सहभागीहरुले नाचगान गरेर दर खाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय