उर्लाबारी । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभाका सदस्य डा. सुनिल शर्माले मुलुकमा फेरि विद्रोह हुन सक्ने बताउनुभएको छ ।
शनिबार डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्य दलका प्रमुख नेताका कारण देशमा संकट उत्पन्न भएको उल्लेख गर्दै फेरि एक पटक नेपाली जनताले विद्रोह गर्ने दिन आउने उहाँको भनाई छ । नेपाली कांग्रेससहितको अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्व सरकार असफल भएको उहाँले बताउनुभयो । कांग्रेस सरकारमा सहभागी भएपनि निर्हिय रहेको उहाँले टिप्पण्ी गर्नुभयो । जनता अहिले कोही सरक्षित रहने अवस्था नरहेको बताउँदै जातिय र धार्मिक हिंसा भड्काउने काम भएको उहाँले बताउनुभयो । देशमा उत्पन्न परिस्थितिको जिम्मा राजनीति दलहरुले लिनु पर्ने उहाँको भनाई छ । ५३ प्रतिशत विकास बजेट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री डा.प्रकाशहरण महतको क्षेत्रमा विनियोजन भएको आरोप लगाउनुभयो । एक रुपैयाँ घुस नखाने र राज्यको एक पैसा विना जनताको सेवामा खटिने उहाँले उद्घोष गर्नुभयो । उहाँले निजी क्षेत्रलाई सरकार निरुत्साहित गर्न खोजेको भन्दै आक्रोश पोख्नु भयो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गीता तिम्सिनालगायतले बोल्नुभएको थियो । डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष गीता खड्काले स्वागत मन्तब्य राख्नुभएको थियो । अध्यक्ष पोख्रेलले बार्षिक प्रतिवेशन र भावी योजना पेश गर्नुभएको थियो भने कोषाध्यक्ष धनबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सल्लाहकार संयोजक जीवन कटुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय