उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा आज आर्थिक वर्ष २०८० । ०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख गंगा खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख मिनाकुमारी खतिवडा पौडेल , प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न विभागका कर्मचारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, अन्य संघ संस्थाका प्रतिनिधिहरु देखि लिएर आम नगरबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख खरेलले समग्र उर्लाबारीको विकास र समृद्धि साथै सुशासनका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेर काम गरिरहेको बताउनु भएको छ । आर्थिक वर्ष ०८० । ८१ को निति कार्यक्रम तथा बजेटबाट नगर स्तरिय योजनाहरुलाई प्रस्तुत गर्दै बजेटका मुख्य लक्ष्य, उद्देश्य र प्राथमिकता आर्थिक विकास र गरिबी न्यूनीकरणमा योगदान पुर्याउने, राजश्व परिचालनमा योगदान पुर्याउने , सेवा प्रवाह, संस्थागत साधनको अधिकतम उपयोग र परिचालन गर्ने , लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गर्ने, जलवायु परिवर्तन अनुकुल र न्यूनीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापनको माध्यमबाट दिगो बिकासमा योगदान पुर्याउने , धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संर्वद्वर्न गर्ने जस्ता रहेको उहाँले बताउनु भएको छ । उहाँले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सिङ्गो उर्लाबारीलाई कृषिजन्य बस्तु र उत्पादनमा आत्मानिर्भर बनाउन बिशेष पहल गरिएको समेत जानकारी दिनु भएको छ ।
जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल र वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईले समेत उक्त कार्यक्रममा आफ्ना बिचार सुझाब र सल्लाह राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत निरौलाले उर्लाबारीलाई नमूना उर्लाबारी बनाउन विभिन्न नयाँ नीति कार्य ढंगबाट आफुले निभाउनु पर्ने भुमिका निभाउन र आफ्नो दायित्व कर्तव्यमा कुनै कसुर नराखी बोलेर भन्दा नि कामको मार्फत नगरबासीलाई दिगो बिकासको अनुभूती दिलाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त कार्यक्रम  अधिकृत मुरारीप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय