उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले शेयर सदस्यहरुको सर्वोत्तम हितमा रहेर काम गर्दै आएको छ ।
बनौं स्वर्णलक्ष्मी साकोसमा सदस्य बनाऔं समुन्नत भविष्य भन्ने मुल नाराको साथ स्वर्णलक्ष्मी साकोस अघि बढिरहेको हो । स्वर्णलक्ष्मी साकोसको झापाको झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लाबारीमा सेवा केन्द्र रहेको छ । आइतबार संस्थाको १४ औं वार्षिक साधारणसभा अन्तर्गत आईतबार उर्लाबारी इकाइको साधारणसभा सम्पन्न भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको इकाइगत साधारणसभामा प्रमुख अतिथी उर्लाबारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रविन लामाले सहकारी संस्थाहरुले पूर्ण रुपमा शेयर सदस्यहरुको हितमा रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले आफ्नो उद्देश्यअनुरुप काम गर्नुपर्ने धारणा व्यक्त राख्नुभयो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालले गत आर्थिक वर्षको प्रतिवेदन तथा चालु आर्थिक वर्षको योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समिति संयोजक गायत्रीप्रसाद पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
अध्यक्ष बरालले प्रस्तुत गरेको प्रतिवेदनमा शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय रुपैयाँ रहेको उक्त संस्थाले गत आर्थिक वर्षमा २ करोड ४२ लाख २९ हजार १ सय ८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको उल्लेख गरिएको छ । यस्तै प्रतिवेदनमा संस्थाले शेयर सदस्यहरुका लागि विप्रेशण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यावसायीक साकोस विकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहत, दीर्घरोग राहत, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका विभिन्न योजनाहरुका बारेमा संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिनुभयो । उक्त सहकारीले गत आर्थिक वर्ष २०७९। ०८० मा कूल १ अर्व १९ करोड ७६ लाख ९ हजार ५ सय ६७ रुपैयाँ कारोबार गरेको उहाँले बताउनुभयो । उक्त अवसरमा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारी रेडक्रस सभापति भानुभक्त शर्मा पराजुली, ग्रामिण साकोसका कोषाध्यक्ष बिष्णु गुरागाँई लगायतले बाल्नुभएको छ । भदौ २६ गते दमकमा हुने साधारण सभामा शेयर धनी महानुभावहरुको सुझाब र टिप्पणीमाथि छलफल गरी साधारणसभा सम्पन्न गरिने व्यवस्थापक घिमिरेले बताउनुभयो । उक्त सहकारीमा जम्मा ८ हजार ४ सय ९४ जना शेयर सदस्य रहनुभएको छ । सहकारीले जेष्ठ सदस्य सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचत, सञ्चारकर्मीलगायत कार्यक्रम पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय