उर्लाबारी । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोईरालाको ११० औ“ जन्मजयन्ती मोरङको उर्लाबारीमा पनि मनाईएको छ ।
आइतबार नेपाली कांग्रेस नगर समिति उर्लाबारीको आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद भीम पराजुलीले विपीले चार दशक अघि प्रतिपादन गरेको समाजवाद वर्तमान परिपेक्ष्यमा पनि सान्र्दभिक रहेको बताउँदै निष्ठा र सेवाको भावले राजनिती गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो, पूर्व राज्यमन्त्री दिलीप गच्छदार, पूर्व जिल्ला सचिव यदु बिष्ट, ज्ञानेन्द्र ढकाल, महाधिवेन प्रतिनिधी गोमा नेपाल, प्रदेश (क) सभापति नरबहादुर मोक्तानलगायतले विपीले नेपाली राजनितीमा पुर्याउनु भएको राजनीति योगदानको चर्चा गर्नु भएको थियो । नगर सभापति सुरेन्द्र लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चालन सचिब दिपक भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय