उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले जनतासँग माओवादी कार्यक्रम अन्तरगत विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैक्रममा नेकपा माओवादी केन्द्र उर्लाबारीका सह–सचिब दिपक आले मगर र सदस्य दिनेश दाहालको अग्रसरतामा उर्लाबारी–६ सूर्य चौकमा श्रमदान गरिएको हो । जनतासँग जोडिएर जाने पार्टीको नीति अनुसार कार्यकर्ताहरु अघि बढिरहेको वाइसिएलका मोरङ इन्चार्जसमेत रहेका मगरले जानकारी दिनुभयो ।























