झापा । झापाको कन्काई नगरपालिका–३ स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सोमबार साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुवेदी सवार प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते हुनुभएको थियो ।
उहाँको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ निधन भएको अस्पताल स्रोतले जनाएको छ । सुवेदी बिर्तामोडबाट घर सुरुङ्गातर्फ आउँदै गर्दा दुर्घटनामा पर्नुभएको थियो । सुवेदी प्यारागन एकाडेमीका प्रिन्सिपल तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष समेत रहनुभएको थियो । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























