उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर मोरङको उर्लाबारीमा यात्रु बहाक बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल यात्रु ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको पहिचान खुल्न बाँकी छ । तराईबासी जस्तो देखिने ती ब्यक्ति बसको ठक्करबाट गम्भीर घाइते अवस्थामा उपराचार्थ अस्पताल पु¥याइएपछि मृत्यु भएको थियो । उहाँको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएका छ । बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























