दिपेन्द्रबहादुर बराईली

उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले सधैं जसो कार्यक्रममा भन्ने गर्नुहुन्छ, धुम्रपान र मध्यपान स्वास्थ्यलाई हानिकारक छ । सकभर सेवन नगरौं, नभए ब्यवस्थित तरिकाले सेवन गरौं । तर, उर्लाबारी नगरपालिकाले धुम्रपान र मध्यपान निरुत्साहित गर्न कुनै कदम चालेको छैन ।
विद्यालय नजिकै निर्वाध रुपमा धुम्रपान र मध्यपान खुलेआम विक्री हुँदा विद्यालयमै असर पर्न थालेको छ । सार्वजनिक स्थल र विद्यालय नजिकका क्षेत्रमा धुम्रपान र मध्यपानको किनबेच रोक्न कुनै पहल गरेको छैन । विद्यालयहरुले नै ब्यापारीसँग विद्यार्थीहरुलाई सुर्तीजन्य तथा मादक पदार्थ जस्ता वस्तुको किनबेचमा रोक लगाउन अनुरोध गर्न थालेका छन् । यसैक्रममा उर्लाबारी–६ मा रहेको राधिका माबिले सार्वजनिक सूचना नै निकालेर वडा नम्बर–५ र ६ का ब्यापारीहरुसँग स्कुलले बालबालिकालाई त्यस्ता बस्तु नबेच्न अपिल गरेको छ । उर्र्लाारी बहुमुखी क्याम्पसले पनि केही समय अगाडि त्यसै गरि सूचना निकालेको थियो ।
उर्लाबारीका अधिकांश बिद्यालयहरुको तथ्यांकलाई हेर्ने हो भने कुलतमा फसेका कलिला उमेर देखि वयस्क उमेर समुहका विद्यार्थीहरुको संख्या दिनहुँ बढ्दो मात्रामा रहेको छ । यहाँ स्थानीय सरकारले कानमा तेल हानेर बसेको कारण बिद्यालयहरुले मात्र चाहेर पनि यस्तो गतिविधिको न्यूनीकरण अथवा अन्त्य गर्न नसकेको बिद्यालयहरुको गुनासो छ ।
बिद्यालय छेउछाउका अभिभावकका अनुसार ब्यापारीहरुलाई पटक पटक अनुरोध गर्दा समेत अटेर गरेर जबर्जस्ती विक्री गर्ने गरेको खुलेको छ । स्थानिय सरकारोकारवालाहरुले कानुन नीति नियम नबनाएका भने होइनन् । ती सबै कार्यान्वयनमा भन्दा नि कागज मै सिमित रहेको छ । उक्त समस्यामा अब पनि सरोकारवालाले ती ब्यापारीलाई कार्वाहीको दायरामा नल्याई यसरी नै बेवास्ता गर्ने हो भने उर्लाबारिमा बालबालिका बिद्यालय पढ्न भन्दा नि कुलतको बाटो रोज्न जान्छन् भन्दा फरक नपर्ला । यसमा सबै सचेत रहनु पर्ने आवश्यक देखिएको छ ।
लागुऔषत विरुद्धका विभिन्न चेतना मुलक कार्यक्रमहरु संचालन गर्दै ती ब्यापारीलाई किनबेचमा रोक लगाउने हो भने मात्र समस्या न्यूनीकरण हुने शिक्षकहरुको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय