उर्लाबारी । नवौँ संविधान दिवसको अवसरमा मोरङको उर्लाबारीमा दिपप्रज्वलन गरिएको छ ।
बुधबार उर्लाबारी नगरपालिकाले उर्लाबारी चौक र नगरपालिका परिसरमा दिपप्रज्वलन गरेको हो । दिपप्रज्वलन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल खतिवडा, कर्मचारी, विभिन्न राजनीति दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नगरप्रमुख खरेलले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।























