उर्लाबारी । नेपाल पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ ।
महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश जानु भएको थियो । उहाँले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।
पत्रकार महासंघको विधानको दफा २२ ले अध्यक्षको अनुपस्थिति वा देशबाहिर रहेमा दोस्रो बरियताको उपाध्यक्षले कार्यबहाक अध्यक्षको रुपमा काम गर्ने व्यवस्था छ । दोस्रो वरियताको उपाध्यक्ष अनुपस्थित भएमा वा देशबाहिर रहेको अवस्थामा मात्र तेस्रो वरियताको उपाध्यक्ष (महिला) ले कार्यबहाक अध्यक्ष पाउने विधानको व्यवस्था रहेको छ । केन्द्रमा खुल्ला (वरिष्ठ) उपाध्यक्षसहित महिला र समावेशी गरि तीन उपाध्यक्ष रहन्छन् भने प्रदेश तथा शाखामा खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्ष रहने व्यवस्था छ ।
प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताउनुभयो । विधान अनुसार भट्टराईलाई कार्यबहाक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उहाँको भनाइ छ ।
तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेश र पूर्वी शाखाले पनि समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय