
उर्लाबारी । उर्लाबारी नगरपालिकाले उर्लाबारी चौकदेखि बरगाछीसम्म मंगलबारदेखि एकतर्फी पार्किङ सुरु गरेको छ । तर, पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।
नगरप्रहरीलगायतले नियमित अनुगमन गरिरहेको भएपनि कतिपयले अटेरी गर्ने गरेको पाइएको हो । नगरपालिकाले जरिवानासमेत गर्ने चेतावनी दिएपनि कतिपयले अटेरी गर्दै पार्किङ निषेध क्षेत्रमा पार्किङ गर्ने गरेका छन् । धेरै जसोले एकतर्फी पार्किङ गर्ने गरेको भएपनि केहीले अटेरी गरेर पार्किङ निषेध क्षेत्रमा पार्किङ गर्ने गरेका छन् । शुक्रबार पूर्वी कमाण्ड मिडिया टिमले त्यसको अनुगमन गर्दा पनि पार्किङ निषेध क्षेत्रमा पार्किङ गरेको पाएका छौं । नगर प्रहरीको आँखा छल्दै पार्किङ गर्ने गरिएको पाइएको छ ।
हेर्नुहोस् तस्बीरमा