दमक । झापाको दमक १ कुमाल चोकस्थित एक होटलमा चार दिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाईकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो । चुलाचुली ३ का ३८ बर्षिय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ बर्षिय सनम राईसहित अन्य फरार रहेका थिए । उक्त घटनामा संलग्न भएको अभियोगमा ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय