मधुमल्ला । २०७९ बैशाख ३० गते भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट मिक्लाजुङ गाउँपालिका उपाध्यक्षका उम्मेद्वार दिनेश पौडेल विजयी बन्नुभयो । निर्वाचन ताका जनताको घरदैलोमा पुग्दा उहाँले सरकारले दिएको कुनै तलब भत्ता नलिने  घोषणा गर्नुभएको थियो । सोहीअनुसार आफु निर्वाचित भएको १ बर्ष भएपछि ४ लाख ६६ हजार ५ सय ९० रुपैयाँ प्राप्त भौचरसहित सार्वजनिक गर्नुभयो ।
उहाँले भौचर सार्वजनिक गर्दै आफुले प्राप्त गरेको उक्त रकम जनताकै सुझावमा सामाजिक कार्यमा खर्चिने उद्घोष गरिसक्नुभएको छ । उहाँले पाँचै बर्षको सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने बताउनुभएको छ । जनप्रतिनिधिहरुको सेवा सुविधा लिएको विषय जनस्तरमा आलोचना भइरहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष पौडेलले भने आफूले पाएका सबै सेवा– सुविधा सामाजिक काम गर्ने हुनुभएको छ ।
आफुले चुनाब ताका बोलेका कुरा नभुलेको उल्लेख गर्दै सोही विषयलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गर्नुभएको छ । १ बर्षसम्म उहाँले सरकारी गाडीसमेत प्रयोग गर्नुभएन । आफ्नो नीजि गाडिमार्फत १ बर्षसम्म उहाँ जनताको सेवामा खटिनु भयो । आफ्नो नीजि गाडी पहाडी क्षेत्रमा पुग्न नसकेका कारण सबै क्षेत्र पुग्न नसकेपछि यसैबर्षदेखि गाउँपालिकाको गाडीमार्फत जनताको सेवामा खटिँदै आउनुभएको छ । गाडी सेवासुविधा नभई आवश्यक वस्तु भएको उहाँले बताउनुभयोे । आफुले सरकारी गाडी नचढ्ने भनेर घोषणा नगरेको उल्लेख गर्दै उहाँले आवश्यकता अनुसार गाडी चढेको प्रष्ट पार्नुभएको छ । ‘गाडी आवश्यक साधन हो, जनतालाई सहज रुपमा सेवा प्रदान गर्नु जनप्रतिनिधिको दायित्व हो’ उहाँले भन्नुभयो– ‘जनताको काममा गाडी प्रयोग गर्नुलाई अनर्थ लिनुहुँदैन । ’
आफ्नो सेवा सुविधाबाट प्राप्त रकमबाट शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा खर्चिने उहाँले बताउनुभएको छ । निर्वाचन ताका लोकप्रियताका लागि सेवा सुविधा नलिने घोषणा गरेका कतिपयले भने जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधा लिइरहेका छन् । तर, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष पौडेलले जम्मा भएको रकमको भौचरसहित सामाजिक हितमा प्रयोग गर्ने घोषणालाई सकारात्मक कदमको रुपमा लिन सकिन्छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित पौडेल युवा नेताको रुपमा स्थापित रहनुभएको छ । उहाँले यस्तो बेला राज्यले निर्धारण गरेको सेवासुविधा पनि सामाजिक कार्यमै खर्चिने कार्यलाई अन्य जनप्रतिनिधीले प्रेरणा लिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय