दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । स्थानीय तह कर्मचारी संघर्ष समिति उर्लाबारीले पनि बिरोध कार्यक्रम गरेको छ ।
नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु आवद्ध भएको उक्त संघर्ष समितिले आज नगरपालिकाको मुख्य गेटैमा विविध मागहरू राख्दै बिरोध कार्यक्रमको ब्यानर राखेर नारा जुलुस गरेका हुन् । अहिले सदनमा प्रस्तावित संघीय निजामती ऎनमा स्थानिय तहमा काम गर्ने कर्मचारीहरुले आफ्नो भावना नसमेटिएको कारण केन्द्रिय समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा संचालन भइ रहेको बृहत दबाब मुलक कार्यक्रमलाई निरन्तरता दिँदैं आजबाट लागु हुने गरी देशभरिका ७ सय ५३ बाटै स्थानीय तहमा अत्यावश्यक सेवा बाहेकका अन्य सवै सेवाहरु बन्द गरी स्थानिय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले अनिश्चितकालिन रुपमा पेन डाउन गरेका छन् ।
सोही बिरोध कार्यक्रमलाई समर्थन गर्दै उर्लाबारी नगरपालिकाका कर्मचारीहरुले नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाका कर्मचारी वसन्त पौडेलले हाललाई पेन डाउन नगरी कार्यालयको कुनै पनि काममा बाधा नपु¥याउने जानकारी दिँदै आगामी कार्यक्रमहरु केन्द्रको निर्देशनमा गर्ने बताउनुभयो ।























