उर्लाबारी, सामुदायिक क्याम्पसमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले उर्लाबारी नगरपालिकाले नगरको एक मात्रै सामुदायिक क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसलाई बस हस्तान्तरण गरेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमकाबीच बससहित साँचो हस्तान्तरण गर्नुभयो । प्रमुख खरेलले उर्लाबारी क्याम्पसका अध्यक्ष पुष्प ढकाललाई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।
बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको भन्दै भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका तर्फबाट संचालक समिति अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की, सदस्य मुक्तिप्रकाश न्यौपाने, गजेन्द्र दंगाललगायतको उपस्थिति रहेको थियो ।
वितरित बसलाई नगरपालिकाको सिफरिसमा भैरहवा भन्सार कार्यालयले शुन्य प्रतिशत छुट गरेको अध्यक्ष ढकालले जनाउदै रु. ३३ लाख रकम खरिद मुल्य पर्न गएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नगरपालिकाको सतप्रतिशत अनुदान सहयोग रहेको टाटा मोटर्सको ‘मार्कोपोलो’ बसमा चालकसहित ५५ सिट रहेको छ । क्याम्पसका अध्यक्ष ढकालले उर्लाबारी नगरपालिकाले प्रसंसनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय