उर्लाबारी । मोरङको उर्लाबारी–७ का पुन्यानन्द सिंहको घरमा चोरी भएको छ । शनिबार घरमा कोही नभएको मौका छोपेर चोरी भएको पाइएको हो । कोठाको ताला काटेर वाकसमा रहेको ८ तोला सुन, १५ तोला चाँदी र २ लाख २० हजार चोरी भएको सिंहका छोरा मन्तोष सिंहले जानकारी दिनुभयो । शनिबार दिउँसो घरका सदस्यहरु बजार गएको मौका छोपेर चोरी भएको उहाँले बताउनुभयो । त्यसैगरी चाडपर्व बढेसँगै उर्लाबारीका चोरीको घटना बढ्न थालेको छ । दुले चोरहरुको विगविगी रहेको उर्लाबारी–७ का निरोज तिम्सिनाले जानकारी दिनुभयो । उहाँले प्रहरी प्रशासनले सक्रियता बढाउनु पर्नेमा जोड दिनुभएको छ । यता इलाका प्रहरी कार्यालय उर्लाबारीले चाडपर्वमा लक्षित गरेर गस्ती बढाएको छ । चोरीका घटना रोक्न प्रहरीले रात्रि गस्ती पनि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय