उर्लाबारी । मोरङको उर्लाबारी–४ मा बक्राहा विष्णु गंगाघाट निर्माण सुरु भएको छ । घाट निर्माणका गर्न द्रोणिका कनस्ट्रक्शन प्रा.लि. पथरीशनिश्चरे– ३ ले ६३ लाख ४५ हजार ५ सय ४९ रुपैयाँमा ठेक्का लिएको हो ।
घाट २०८० मंसिर ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता रहेको छ । सोही अनुसार निर्माण कार्य भइरहेको छ । उर्लाबारी नगरपालिकाले २०८०। ०८१ मा गौरबको आयोजनामा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि पनि गौरबकै आयोजनामा बक्राहा घाटलाई राख्दै आएको थियो । तत्कालिन उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले दुई पटक बक्राहा घाटलाई गौरबको आयोजनामा राख्दै बजेट विनियोजन गर्नुभएको थियो । तर, बजेट छुट्टिएपनि कामले मुर्त रुप लिन सकेन । पूर्व नगरप्रमुख फागोकै पहलमा जग्गा खोज गरी डिपिआर तयार पारिएको थियो । फागोको पहलमा उर्लाबारीका स्थानीयले ४० वर्षदेखि चर्चेको ४ विघा जमिन स्थानीय सरकारलाई दिएका थिए ।
२०३६ सालदेखि जोतभोग गर्दै आएका स्थानीय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राहा घाट निर्माणका लागि जग्गा दिएका हुन् । वर्षौंदेखि बक्राहा खोलाको वारी र पारी शव जलाउँदै आएको छ । दिनहुँ २÷३ वटा शव जलाउने गरिएको यो घाट व्यवस्थित रुपमा निर्माण हुन नसक्दा विशेष गरी वर्षायाममा शव जलाउन कठिन हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय