उर्लाबारी । नेपाली कांग्रेस मोरङका सभापति, मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी कार्यक्रमै उर्लाबारी नगरसभापतिलाई खबर नगरेको पाइएको छ ।
उर्लाबारी–७ मा सोमबार मन्त्री लिम्बू र कोशी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको निजी सचिवालय उद्घाटन गरिएको हो । मन्त्री लिम्बू कार्यालयको उद्घाटन कार्यक्रममा आउनु भएको थियो । कार्यक्रमका बारेमा भने आफुलाई कुनै जानकारी नभएको नेपाली कांग्रेस उर्लाबारीका नगरसभापति सुरेन्द्र लिम्बूले जानकारी दिनुभएको छ । कार्यक्रम सुरु भएपछि खबर आएपनि आफु वाहिर रहेकाले सहभागी हुन नसकेको उहाँको भनाई छ । ‘पूर्व जानकारी केही थिएन’ उहाँले भन्नुभयो ।























