उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलकुद क्षेत्रको विकासमा सरकार गम्भिर भएर लागि परेको बताउनुभएको छ ।
उर्लाबारी–७ मा सोमबार मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको निजी सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सीमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलको माध्यमबाट नेपाललाई देशविदेशमा चिनाउने खेलाडीहरुको पारिश्रमिक बृद्धिका लागि आफुले पहल गरिरहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको माध्यमबाट नेपालीको इज्जत बढेको भन्दै क्रिकेटबाट हासिल भएको सफलता देशको लागि ठूलो उपलब्धि भएको पनि उहाँले बताउनुभयो ।
गठबन्धनको सरकारले सुशासन कायम गर्दै भ्रष्टचारमुक्त बनाउन लागि परेको उहाँले उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र हाल सुधारको क्रममा रहेको बताउँदै सोच अनुसारका धेरै काम गर्न नसकेको उहाँको भनाई छ । निर्वाचन ताका गरेका प्रतिवद्धताहरु प्राथमिकताका आधारमा अघि बढाउँदै लैजाने उहाँले प्रतिद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय