काठमाडौ । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ । मंगलावर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएको भन्दै वार्तामा बोलाएको हो । आन्दोलनरत कर्मचारीलाई काममा फर्कन पनि मन्त्रालयले आग्रह गरेको छ ।
‘स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सकारात्मक रहेको जनाइएको छ । ‘कतिपय नीतिगत विषयहरू सम्बोधन भई सकेका र सम्बोधन हुन नसकेका विषयमा थप छलफलबाटै समस्याको सम्बोधन गर्न सकिने भएकाले हाल भइरहेको विरोध प्रदर्शनलाई स्थगन गरी छलफल र सम्वादमा आउन तथा आ–आफ्नो कार्यस्थलमा फर्की आम नागरिकमा सेवा प्रवाह सूचारु गर्न मन्त्रालय सम्वद्ध सबैमा अनुरोध गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।























