उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट महासमिति सदस्यमा ११ जना सर्वसम्मत चयन हुनुभएको छ ।
खुल्लातर्फबाट नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो, मोरङ सभापति , मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एबं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, इन्द्रबहादुर लिम्बू, रोहित कार्की र ललित अधिकारी सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै, खुल्ला महिलाबाट प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वा र मोरङ सल्लाहकार सीता कार्की सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, महिला दलितबाट सीतादेवी विश्वकर्मा, आदिबासी जनजातिबाट अर्जुन तुम्रोक, देवराज चाम्लिङ र खस आर्यबाट चिरञ्जिबी थापा सर्वसम्मत चयन भएको मतदान अधिकृत लभविक्रम बम्जनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय