उर्लाबारी । नेपाली कांग्रेस मोरङका सभापति, मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।
मोरङको लेटाङ नगरपालिका–६ मा बसोबास गर्दै आउनु भएकी उहाँकी आमा हंसनुमा लिम्बूको ९८ वर्षको उमेरमा आज विहान करिव ५ बजे मृत्यु भएको जनाएको छ । घरमै आमाको निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिब साजन कुँवरले जानकारी दिनुभएको छ । उहाँको पार्थिव शरिरलाई धार्मिक संस्कारअनुसार दिउँसो १ बजे लेटाङ घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय