विराटनगर । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ ।

२५ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको जनाएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका तीनै जना यातायात मजदुर हुन् । प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक हुन् ।

युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार भएको थियो । प्रहरीका अनुसार सफारीमा यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय