उर्लाबारी । मोरङको उर्लाबारीबाट ६ जनालाई उद्धार गरी मानव सेवा आश्रम लगिएको छ ।
यस वर्षको चाडपर्वमा कोही नरहुन् सडकमा भन्ने मानव सेवा आश्रमको मुल उद्घोषअनुसार मेचीमहाकाली अभियान अन्तरगत उर्लाबारीबाट ३ जना महिलासहित ६ जनालाई उद्दार गरिएको हो । पुलमुनी कठिन तरिकाले बस्दै आएका ४ जना र थप २ असाहयलाई उद्दार गरिएको उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जनालाई जीवन बचाउ उपचार केन्द्रमा लगिएको छ । लागुऔषधमा फसेका ५ जना युवाहरुलाई सुधार्न गृहमा लगिएको उहाँको भनाई छ । उद्दार अभियानमा चर्चित गायिका आनी छोइङ डोल्मालगायत मानव सेवा आश्रमको टिम सहभागी रहेको थियो । अभियान टिमलाई उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी खतिवडा, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देव दास, उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ३ नम्बरका वडाध्यक्ष भीष्मराज बुढाथोकी, ४ नम्बरका वडाध्यक्ष कल्याणकुमार राईलगायतले समन्वय गर्नुभएको थियो । बेवारिसे, बेसहारा, अभिभावक विहिन मानवहरुको उद्धारका लागि अभियान थालिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय