उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ ले जेष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ ।
विशेषज्ञ चिकित्सकहरुको टोलीसहित वडा कार्यालयले घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिएको हो । जेष्ठ नागरिकको सम्मान गर्ने र उहाँहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित सेवा प्रदान गरिएको वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । ६५ जना जेष्ठ नागरिक तथा अशक्तको स्वास्थ्य परिक्षण गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष श्रेष्ठको भनाई छ । गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले जनप्रतिनिधि आएसँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने र कुनै कारणले अस्पतालसम्म जान नसक्ने भए उहाँहरुलाई घरमै सहज सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको बताउनुभयो ।























