उर्लाबारी । नेपाली सेनाको टोलीले शनिबार सांसदद्वय शोभा चेम्जोङ पालुङवा र उमाकान्त गौतमलाइ मोरङको उर्लाबारी–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा सलामी अर्पण गरेको छ ।
वडादशैंको सातौ दिन गुरु गोरक्षनाथ मन्दिरमा भैरवगण थलाहका सहसेनानी आर्जन रानाको कमाण्डमा आएका सैनिक टोलीले सांसदद्वय पालुङ्वा र गौतमलाइ सलामी अर्पण गरेको हो । सेनाले सो स्थानमा विगत पांच वर्षदेखि नै सलामी अर्पण गर्दैआएको मन्दिरका योगी अमरनाथले जानकारी दिनुभयो । सांसदद्वय पालुङवा र गौतमले सांस्कृतिक तथा धार्मिक महत्वको बारेमा आ–आफ्नो राय व्यक्त गर्दै मन्दिरमा गरिएको पुजा कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।























