उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा सामुहिक टिका लगाइएको छ । बाल गृहमा आश्रित ७३ जना बालबालिकाहरुलाई गृहकी अध्यक्ष मिनादेवी बराल, सचिब जीवन घिमिरे, सह–सचिब सुशिला थापा, सदस्य प्रलाद थापा, खगेन्द्र गुरागाईलगायतले टिका लगाइदिनुभएको थियो ।
वि.सं. २०५७ देखि उर्लाबारी–७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीद्वारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकाहरुलाई सामुहिक टिका लगाइदिएको हो । सहयोगीदाताको भरमा सञ्चालन हुँदै आएको यो बाल गृह कोशी प्रदेशकै उत्कृष्ट रहेको छ ।
त्यस्तै, सामाजिक अभियन्ता शान्ति गुरुङ पाख्रिन लामाले पनि बालबालिकाहरुलाई टिका लगाइदिनुभएको थियो ।























