उर्लाबारी । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका अल्पसंख्यक सन्थाल जातिको पुर्खौली पम्परागत सन्थाल नृत्य लोप हुने अवस्थामा पुगको छ । दसैँका बेला देखाईने पम्परागत आदिवासी सन्थाल नृत्य लोप हुँदै गएको पाइएको छ
धेरैजसो युवा रोजगारीका लागि विदेशीमा भएकाले दसैँका बेला देखाईने पम्परागत आदिवासी सन्थाल नृत्य लोप हुँदै गएको छ । युवा गाँउबाट पलायन हुनु र नयाँ पुस्ताले परम्परागत नृत्यमा चासो नदेखाउनाले सन्थाल नृत्य लोप हुन लागेको हो । बुधबार उर्लाबारी–८ मा लागेको दशैं मेलामा पनि विगतको भन्दा कम संख्यामा सन्थाल समूदायले नृत्य प्रस्तुत गरेका थिए । सन्थाल नृत्य हेर्न आएकाहरु न्यून संख्यामा सन्थाल समूदायको उपस्थितिले निराशा ब्यक्त गरेका छन् ।
दसैँमा आयोजित हुने मेलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हो । सन्थाल नाच नभएको दसैँ मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् । मेला बजार भर्ने, मन परेका परिकारहरु किनेर खाने, खेल्ने र सन्थाल नृत्य हेर्दा निक्कै रमाईलो हुन्थियो, साथी भाईसँग पनि भेट हुन्थियो, मोरङ उर्लाबारी—९ का राजकुमार योञ्जन भन्नुहुन्छ– ‘यो पटक सन्थाल समूदायको कम उपस्थितिले सन्थाल नृत्य लोप हुँदै गएको जस्तो देखिन्छ, यसको संरक्षणमा स्थानीय तहले ध्यान दिनु पर्छ ।’
सन्थाल अगुवा दसैँको बेलामा नाचिने नृत्य भएकाले नै यो नाचको नाम दासाई भएको बताउँछन् । उनीहरूको यो नृत्य प्रचलन दसैँको मूल टीकाको दिनसम्म जारी रहन्छ । जब दसैंको एकादशी सुरु हुन्छ, त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तवरले विभिन्न स्थानमा दसैँ मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछज् ।
मोरङ उर्लाबारी– ८ स्थानीय गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवम सांस्कृतिक पहिचान जोगाइराखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो –‘दासाई नृत्यमा लगाउने पोसाकमा समेत एकरुपता ल्याउन सकेका छैनौँ, यसमा स्थानीय तहले ध्यान दिनु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय