काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणमा चारदिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र गुटेरेसबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो ।























